सलोनको ‘जय हो’ लाई टेक पौरखीले निर्देशन गर्ने


अभिनेता सलोन बस्नेत नयाँ चलचित्रमा काम गर्ने तयारीमा रहेका छन्। सलोन-सलिना फिल्म्सको व्यनारमा बन्ने चलचित्रको प्रस्तुतकर्ता निर्देशक शोभित बस्नेत हुन्। सलोन केहि समय अगाडी नै चलचित्रमा काम गर्ने पक्का भैसकेको छ। चलचित्रलाई टेक पौरखी राइले निर्देशन गर्ने भएका छन्।

टेक र सलोनले यस अगाडी चलचित्र मिलनमा सहकार्य गरेका थिए। ‘जय हो’ नाम दिईएको चलचित्रको सुटिङ्ग माघ अन्तिमबाट गर्ने तयारीमा निर्माण टिम रहेको छ। काठमाडौं, पोखरा, मुस्ताङ र अस्ट्रेलियामा खिचिने बताइएको चलचित्रमा अन्य कलाकार फाइनल हुन् बाँकि रहेको छ। राज अधिकारी र सुरज सरकारले लगानी गर्ने चलचित्र सागर आले मगरले संगीत भर्ने गर्छन्।

प्रतिक्रिया दिनुहोस्