A vertical shot of the black cat in the dark darkness

कबड्डी निर्देशक रामबाबुको ‘फुलबारी’ टीजरमा विपिन देखि दया प्रियंकासम्म


कबड्डी फेम्ड निर्देशक रामबाबु गुरुङ्गको निर्देशनमा तयार भएको नयाँ चलचित्र ‘फुलबारी’ को टिजर सार्वजनिक भएको छ। पारिवारिक कथाको झल्को दिने टिजरले अभिभावक र सन्तान विचको प्रेमलाई सम्बोधन गरेको छ। टीजरमा विपिन कार्की र अरुणा कार्की दम्पतिको भूमिकामा देखिएको छ। टीजरमा दृश्य भन्दा बढी ब्याक ग्राउण्ड संगीतले प्राण भरेको छ।

चलचित्रमा विपिन र अरुणा संगै दयाहाङ राई, प्रियंका कार्की, गौमाया गुरुङ, शिल्पा मास्के, अनुपम शर्मा, सोमनाथ खनाल, मनिष ढकाल, लोकेन्द्र लेखकलगायतका कलाकारहरुको अभिनय रहेको छ ।

उपेन्द्र सुब्बाको पटकथा र कमल किशोर मलपानीको कथा रहेको चलचित्रमा जोश हेरुमको छायांकन, कालीप्रसाद बाँस्कोटा/अनुपम शर्माको संगीत र निमेष श्रेष्ठको सम्पादन छ । यसोदा फिल्म्सको व्यानरमा निर्माण भएको चलचित्रमा मनिष ढकाल निर्माता र मणिराम पोख्रेल कार्यकारी निर्माताको रुपमा रहेका छन्। चलचित्र फागुन ५ गतेबाट रिलिज हुदैछ।

प्रतिक्रिया दिनुहोस्