सुनिल र सुशिलाको ‘घुमीघुमी’ प्रेम


गायक अमृत बराल र गायिका स्वस्तिका ढकालको स्वरमा समावेश ‘म त घुमी घुमी’ बोलको गीत सार्वजनिक भएको छ । यो गीतमा समिर आचार्यको शब्द तथा संगीत छ ।

अष्ट्रेलियामा रहेका गायक, संगीतकार तथा गीतकार समीरले यसमा विशेषगरि यूवा यूवतीबिचको प्रेम र आकर्षणको कुरा गरेका छन् ।

भिडियोमा मोडलद्धय सुनिल क्षेत्री र सुशिला थापाको अभिनय हेर्न सकिन्छ । उनीहरुको प्रेम इट्टाभट्टादेखि मकैबारीसम्म देख्न सकिन्छ । शान थापाको निर्देशनमा तयार भएको भिडियोमा अर्जुन तिवारीको छायांकन, सुप्रिम पराजुलीको सम्पादन, राजीव समरको कोरियोग्राफी छ ।

प्रतिक्रिया दिनुहोस्