A vertical shot of the black cat in the dark darkness

लक्ष्मणको नयाँ चलचित्रमा मलिका महत फाइनल


नायिका मलिका महतले लामो समयपछि चलचित्र साइन गरेकी छिन्। सम्भावना बोकेकी नायिकाको रुपमा हेरिएकी मलिकाले दुई चलचित्रमा काम गरेकी छन्।

संचारकर्मी लक्ष्मण सुवेदीको निर्देशनमा तयार हुने अनटाइटल प्रोजेक्टमा मलिका फाइनल भएकी हुन्। दिलासा क्रिएसनको व्यानरमा निर्माण हुने चलचित्रको कथा र लगानी पनि सुवेदीकै रहेको छ।

अन्य प्रमुख कलाकारको छनोट अडिसन मार्फत हुने जानकारी दिईएको छ। फागुनको पहिलोसाता बाट चलचित्रको सुटिङ्ग हुनेछ।

प्रतिक्रिया दिनुहोस्