चलचित्र वितरणमा सुहाना, नाजिरको ‘गुलाबी’ वितरण जिम्मा


अभिनेत्री सुहाना थापा सिईओ रहेको त्रिनेत्रम डिस्ट्रिब्युसनले चलचित्र वितरण सुरुवात गर्ने भएको छ। पहिलो चलचित्र स्वरुप कम्पनीले ‘गुलाबी’ लिएको छ। मंगलबार सुहाना र चलचित्रकी निर्देशक समुन्द्र भट्ट बीच चलचित्रलाई लिएर सम्झौता पत्रमा हस्ताक्षर भएको छ।

चलचित्रको डिजिटल राइट ओएसआर डिजिटलले मंगलबार नै खरिद गरेको छ। दि स्काइ ओसन इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रले पारलैङ्गिकताको कथा बोकेको छ। नाजिर हुसैने मुख्य भूमिकामा रहेको चलचित्रमा सञ्चिता लुइँटेल, सुशिल सिटौला,राजा घोष, विशाल पहारी, अनुपम श्रेष्ठ ‘हटी नटी’, शिशिर राणाको अभिनय रहेको छ। समुन्द्रको नै कथा रहेको चलचित्रको पटकथा र संवादमा रामकुमार श्रेष्ठ र नाजिर हुसैनले सहकार्य गरेका छन्।

प्रतिक्रिया दिनुहोस्