बलिउड चलचित्र ‘एनिमल’ का लागी विपिनको २ बर्ष , हात लाग्यो शुन्य


अभिनेता विपिन कार्की नेपाली चलचित्र क्षेत्रका सफल कलाकार हुन्। संघर्ष र सफलता दुवै भोगेका विपिन पछिल्लो समय लगातार चलचित्र व्यस्त रहेका छन्। उनका लगातार ३ चलचित्र सुटिङ्गका लागी तयार रहेका छन् । यतिबेला ‘प्रसाद २’ को सुटिङ्गमा व्यस्त विपिनको बलिउड डेव्यु चर्चाले नेपाली संचार माध्यम गर्माएका थिए। सन्दिप रेड्डीको बलिउड चलचित्र ‘एनिमल’ का लागी उनको छनोट र अभिनयको चर्चा चुलियो।

रणवीर कपुर, अनिल कपुर, ववी देओलो, राष्मिका मन्दना लगायतका कलाकार चलचित्रमा रहेका थिए। यसले नेपाली कलाकारको भारतीय चलचित्रमा दरिलो उपस्थिति रहने आंकलन गरिएको थियो। यहि चलचित्रका लागि उनि पटकपटक मुम्बई-नेपाल गरे। केहि नेपाली चलचित्र छाडे पनि। तर अन्तत: उनि चलचित्रमा नरहने पक्का भएको छ। पटक-पटक मुम्बई पुग्दा पनि उनको सेड्युलको काम सुरुवात नभएपछि उनि नेपाल फर्किएर ‘प्रसाद २ ‘ को सुटिङ्ग सुरुवात गरेका थिए। प्रसाद २ को सुटिङ्ग सेड्युल बीचमा मुम्बई बाट चलचित्रका लागी बोलावट आएको तर विपिन ले सेड्युल व्यस्तताको कारण चलचित्र गर्न नसक्ने बताएका छन्। झन्डै २ बर्ष उनले चलचित्र ‘एनिमल’ का लागी खर्चिए तर अन्तत: उनको बलिउड डेव्यु हुन् सकेन। प्रसाद २ पछि लगातार उनका चलचित्र पाईपलाइनमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्