A vertical shot of the black cat in the dark darkness

सौरभ चौधरीको ‘द अनब्रेकेबल : अगस्त्य’ च्याप्टर वान घोषणा


निर्देशक सौरभ चौधरीले नयाँ चलचित्र ‘द अनब्रेकेबल : अगस्त्य’ च्याप्टर वान को घोषणा गरेका छन्। अंग्रेजी नयाँ बर्ष २०२३ को अवसर पारेर उनले चलचित्रको थिम पोष्टर सार्वजनिक गरेका छन्। थिम पोष्टरले नै चलचित्र एक्सन प्रधान बन्ने पक्का छ। प्रकाश मल्ल र अनिष तामाङले निर्माण गर्ने चलचित्र डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा बन्नेछ। चलचित्रको कथा, पटकथा तथा संवाद निर्देशक चौधरी स्वयंको रहनेछ ।

नेपाल र भारतमा छायांकन हुने चलचित्रलाई राजेश श्रेष्ठले खिच्नेछन्। चलचित्रका कलाकारको टुंगो लागि नसकेको निर्माण टिमले जानकारी दिएको छ। नेपाली र भारतीय कलाकारको अभिनय चलचित्रमा रहनेछ। बैशाखबाट सुटिङ्ग सुरुवात गरेर दशैँमा रिलिज गर्ने सोचमा निर्माण टिम रहेको छ।

प्रतिक्रिया दिनुहोस्