पल शाहसंगको मित्रतामा कुनै पछुतो छैन – आंचल शर्मा


‘नाइँ न भन्नु ल ‘ डेव्यु गर्ल आंचल शर्मा सधै चर्चामा रहेन नाम हो। मिडियाको हेडलाइनमा प्राय छाउने यो नामको पछिल्लो रिलिज चलचित्र ‘झिङ्गे दाउ ‘ हिट बन्यो। उनि अभिनित दुई चलचित्र रिलिजको तयारीमा रहेका छन्। उदिप श्रेष्ठसगंको विवाह पछी आंचलले आफुलाई झन् फिट र व्यस्त राखेकी छिन्। पल शाहसंगको जोडी चलचित्र र म्युजिक भिडियोमा दर्शकले सर्वाधिक रुचाए। स्पष्ट बोल्ने तर चलचित्र नगरीको माहोलमा कम घुलमिल हुने अभिनेत्रीमा आंचल पर्ने गर्छिन्।

फिल्मी पार्टीमा आंचलको उपस्थिति नगन्य मात्रमा रहन्छ भने उनका समाजिक संजाल पोष्टबाट पनि चलचित्र नगरीका मित्र कमै रहने गरेको प्रष्ट हुने गर्दछ। त्यसो त आंचल स्वयम पनि चलचित्र क्षेत्रमा आफ्ना साथी कम रहेको बताउने गर्छिन् । उनकै भाषामा भन्ने हो भने चलचित्रमा क्षेत्रमा उनका साथि नै छैनन्। उनले चलचित्र क्षेत्रको साथी र अभिभावकको रुपमा पल शाहलाइ सम्बोधित गर्ने गर्छिन्। उनको पछिल्लो एक अन्तर्वार्तामा पनि उनले सोहि उल्लेख गरेकी छिन्। उनलाई चलचित्र क्षेत्रका कोहि साथी बनाएर पछुताउनु भएको छ भनेर गरिएको प्रश्नमा उनले आफ्नो पल शाह मात्र एक साथी भएको र यस बिषयमा कहिले पछुतो नलागेको बताएकी छिन्। उनले मान्छेलाई सजिलै विश्वास गर्न नसक्ने भएको कारण पनि साथी हुन नसकेको बताएकी छिन्। त्यस्तै उनलाई पल शाहलाइ धोका दिनुभएको हो भनेर गरिएको प्रश्नमा उनले लभ नै कहिले पर्यो र भन्ने प्रतिप्रश्न गरिन्। त्यस्तै आंचलले कोहि कसैसंग प्रेम हुनु र नहुनु सामान्य कुरा हो ती सबै कुरा बाहिर आउनुपर्छ भन्ने छैन। पल शाहालाई सधै सम्मान गर्छु र उहालाई अहिले पनि मिस गर्छु ।

प्रतिक्रिया दिनुहोस्