‘डिसेम्बर फल्स’ मा दर्शकको अभाव, आर्यनलाई अर्को झड्का


अभिनेता आर्यन सिग्देलका चलचित्र फ्लपको चांग लागेको धेरै भैसक्यो । एउटा हिट चलचित्रको पछाडी आर्यन दौडिएको धेरै भैसक्यो। यहि दौडमा उनि अभिनित नयाँ चलचित्र ‘डिसेम्वर फल्स’ रिलिज भयो। उपासना सिंह ठकुरीसंग जोडी बाँधेर रिलिज भएको चलचित्रका निर्माता रिलिज अगाडी ९ करोड माथि कमाउने हल्लामा थिए। निर्माताको कुरामा आर्यनले पनि सहि थपेका थिए। तर दुवैको कुरामा दर्शकले लालमोहर लगाएनन्। अंग्रेजी नयाँ बर्ष र ल्होसारको अवसरमा पनि यो चलचित्र हेर्न दर्शक उल्लेख्य रुपमा हलमा पुगेनन्।

आर्यन यो चलचित्र नोभेम्बर रेन पनि आफुले सर्वाधिक अपेक्षा र मिहेनत गरेको चलचित्र भनेर संचारकर्मीसंगको अन्तर्वार्तामा बताइरहेका थिए । तर चलचित्र व्यापारिक हिसावले इनिसियल रुपमा असफल रह्यो भने समीक्षात्मक हिसाबले पनि मिश्रित। चलचित्रले देखाउन खोजेको मुख्य कथा के हो भन्नेमा नै धेरै अन्योलमा छन्। उमेर अन्तरको प्रेम देखाउन खोजिएको हो अथवा नर्सको जीवनको कहानी अन्योलता चलचित्रमा छ। कतिपय क्लिसे सिनले दर्शकलाई निराश बनाउछ । भारतीय सिनेमामा काम गरिरहेका निर्देशक प्रविन झाले निर्देशन गरेको चलचित्रलाई रामप्रसाद रिजालले निर्माण गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्