सारा शिर्पाली दुवईमा व्यस्त, ‘गुञ्जन’ टिम हिरोइन बिनै प्रचारमा अग्रसर


नायिका सारा शिर्पालीले एक्सन स्टार निखिल उप्रेतीसंग चलचित्रमा डेव्यु गरिन्। ‘रुद्र’ मार्फत डेव्यु गरेकी साराको सुन्दरता, सालिनता र अभिनयले मन जित्यो। तर चलचित्र बक्स अफिसमा असफल बन्यो। निखिलसंग नै उनले दोश्रो चलचित्र ‘पिंजडा व्याक अगेन’ मा काम गरिन्। यो चलचित्र पनि सफल हुन् सकेन। चलचित्र बक्स अफिसमा असफल भए पनि सारालाई चलचित्र क्षेत्रमा उदाउने नायिकाको रुपमा हेरिएको थियो।

तर उनले अपेक्षाकृत चर्चा र सफलता हासिल गर्न सकिनन्। बरु एक समय अभिनेता अनमोल केसी संगको प्रेम चर्चाले समाचारको हेडलाइन बने। जसरि प्रेमको हेडलाइन बन्यो त्यसरी नै ब्रेकअपको पनि। तर दुवै कहिले यो कुरा स्विकार गर्न तयार भएनन्। उनै सारा अभिनित चलचित्र ‘गुञ्जन’ यहि पौष २९ गतेबाट रिलिजको तयारीमा रहेको छ। चलचित्रको गीत र केहि प्रचार सामाग्री रिलिज भैसकेका छन्।

अष्ट महर्जन निर्देशित चलचित्रका प्रचार सामाग्री केहि आकर्षक देखिएका छन् । तर निर्माण टिमले भने नायिका सारा बिना नै प्रचार सुरुवात गरेको छ। चलचित्रमा परिचित अनुहार सारा नै हुन्। नव-नायक प्रितमराज सेन्चुरी रहेका छन् भने नायक कविर खड्का स्थापित हुने क्रममा नै छन्। प्रचारमा देखिनु पर्ने मुख्य मुहार सारा भने दुवई तिर रहेकी छिन्। उनि घुम्न दुवई पुगेकी हैनन्। उनि उतै काम गरेर बस्न थालेकी छिन्। चलचित्र नगरीमा अपेक्षाकृत सफलता हासिल नगरेपछि उनि दुवई पुगेको श्रोत बताउछ।

प्रतिक्रिया दिनुहोस्