सुन्तलीको निर्देशनमा वेब सिरिज, बिहिबार बाट प्रदर्शनमा आउने


कलाकार कुञ्जना घिमिरेको निर्देशनमा तयार भएको वेभ सिरिज ‘मै राम्री’ आगामी बिहिबार बाट प्रसारण हुने भएको छ। सामजिक बिषयबस्तुमा आधारित वेब सिरिज ‘धुर्मुस-सुन्तली’ युट्युव च्यानलबाट रिलिज हुनेछ। बिहिबार साझ पौने सात बजे भिडियो प्रिमियर हुनेछ।

वेब सिरिजमा रामबाबु रेग्मी, गीता अधिकारी, दिनेश काफ्ले, सन्तोष बानियाँ, रेखा लिम्बू, शहिना भट्टराई, समिसन जिसी, प्रसन्न कार्की, आशिका बस्नेत, प्रमिला राई र मिलन राईको अभिनय रहेको छ । शुबिहानी फिल्म्सको ब्यानरमा निर्माण भएको सिरिजको केहि भाग सुटिङ्ग सम्पन्न भएको छ भने केहि हुन् बाँकी रहेको छ।

प्रतिक्रिया दिनुहोस्