दिपकको निर्देशनमा दयाहाङ्ग राई, माघ २० बाट सुटिङ्ग तयारी


अभिनेता दयाहाङ्ग राई नयाँ चलचित्रमा अनुबन्धित भएका छन्। कुनै समयका सफल निर्देशक दिपक श्रेष्ठको निर्देशनमा बन्ने नयाँ चलचित्रमा दया अनुबन्धित भएका हुन्। दिपकको टाइटल फाइनल हुन् बाँकी रहेको चलचित्रको निर्माण टिम र दया बीच मंगलबार सहमित भएको छ।

निर्देशक श्रेष्ठ र हेड अफ प्रोडक्शन सुरज आचार्यको उपस्थितिमा चलचित्रका प्रस्तुतकर्ता केवल तामाङ र दयाहाङ बीच कागजी सम्झौता भएको हो । कोमल गुरुङको लगानी रहने चलचित्र निर्देशक श्रेष्ठको लेखन रहेको छ। सौरभ लामाले खिच्ने चलचित्र आगामी माघ २० गतेबाट सुटिङ्ग सुरुवात गने योजनामा निर्माण टिम रहेको छ। लभस्टोरी र कमेडी कथामा निर्माण हुने चलचित्रको छायांकन सिक्किम र इलाममा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्