दुबईमा रोमान्टिक सारा र प्रितम


पौष २९ गते शुक्रबार बाट रिलिज तयारीमा रहेको चलचित्र ‘गुञ्जन’ को रोमान्टिक गीत सार्वजनिक भएको छ। निशान भट्टराई र श्रेया सोताङको स्वरमा रहेको ‘केवल तिम्रैतिर’ बोलको गीतमा रवि मल्लको शब्द र कल्याण सिंहको संगीत रहेको छ । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा नायिका सारा श्रीपालीसंग नव- अभिनेता प्रितमराज सेन्चुरी रोमान्टिक मुडमा प्रस्तुत भएका छन्। दुबईका विभिन्न स्थानमा भिडियोको सुटिङ्ग गरिएको छ।

अष्टमान महर्जन निर्देशित चलचित्रमा सारा र प्रितमको साथमा कविर खड्का, सरोज खनाल, हिउँवाला गौतम, रोहन शाही, कन्चन चालिसे, निरुता स्याङतान, सुस्मिता बराल लगायतका कलाकारको अभिनय रहेको छ। हिराकृष्ण शाहीको प्रस्तुति र सुनिता शाही निर्माता रहेको चलचित्रले त्रिकोणात्मक प्रेम कथा बोल्छ।

प्रतिक्रिया दिनुहोस्