बैशाख १ मा विपिन र केकीको ‘प्रसाद २’


सुदर्शन थापा निर्देशित चलचित्र ‘प्रसाद २’ को सुटिङ्ग सकिएको छ। फ्लोअरमा गएको ३१ दिनमा निर्माण टिमले सुटिङ्ग सकेको हो। विपिन कार्की र केकी अधिकारी मुख्य भूमिकामा रहेको चलचित्र कास्कीको माछापुछ्रे गाउँपालिकामा सुटिङ्ग गरिएको छ ।

सुटिङ्ग सकिएसंगै निर्माण टिमले २०८० सालको बैशाख १ गतेलाई रिलिज मिति तय गरेको छ। नयाँ बर्षको अवसर पारेर निर्माण टिमले चलचित्र रिलिज गर्ने घोषणा गरेको हो।

एस.जी फिल्मस् र सुलभ थापा प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्रमा सुदर्शन बस्नेतको लगानी रहेको छ भने कार्यकारी निर्माताको रुपमा सुवास थापा रहेका छन्। चलचित्रमा विपिन र केकीको साथमा अर्पण थापा, महेश त्रिपाठी, कमलमणी नेपाल, प्रकाश घिमिरे, विशाल पहाडी लगायतको अभिनय रहेको छ। रंग पत्रकार सुशिल पौडेलको कथा रहेको चलचित्रमा राजेश श्रेष्ठको छायांकन, राजनराज सिवाकोटीको संगीत छ ।

प्रतिक्रिया दिनुहोस्