A vertical shot of the black cat in the dark darkness

स्वप्न सुमन दिनेश राउतको रोजाइमा, अडिसनबाट छानिए अभिनय सिक्दै


युवापुस्ता माझ लोकप्रिय गायक हुन्, स्वप्न सुमन। केहि बर्ष बाट चर्चामा रहेका स्वप्न ‘युट्युब सेन्सेसन’ को रुपमा उदाएका हुन्। उनका केहि गीत दर्शक माझ निकै लोकप्रिय रहेका छन् । उनै स्वप्न अव चलचित्रमा देखिने भएका छन्।

निर्देशकीय क्षमताले आफुलाई अब्बल बनाएका दिनेश राउतले उनलाई चलचित्रमा नायकको रुपमा अनुबन्धित गरेका छन्। लभस्टोरी चलचित्रका माहिर निर्देशक राउतले आफुलाई ‘प्रसाद’ र ‘प्रकास’ जस्ता सामजिक चलचित्र बाट पनि प्रमाणित गरिसकेका छन्। उनै दिनेशले अडिसन मार्फत लभस्टोरी जनराको चलचित्रका लागि स्वप्नलाई अनुबन्धित गरेका हुन्। चलचित्रको कथा विकास सुवेदीले लेखिरहेका छन्। स्वप्न यतिबेला अभिनय सिकिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्