पेश्की रकम फिर्ता गर्दै ‘एक्स ९’ बाट अनमोल बाहिरीए


नायक अनमोल केसी चलचित्र ‘एक्स ९’ बाट बाहिरिएका छन्। लामो समयबाट निर्माण घोषणा भएको चलचित्रको सम्झौता रकम फिर्ता गर्दै अनमोल चलचित्र बाट बाहिरिएका हुन्। मल्टीस्टारर रहनेचलचित्रका लागि अनमोलले आफ्नो तौल बढाएका थिए।

तर यो चलचित्र घोषित समयमा नबनेपछि उनले अर्को चलचित्र ‘छड्के २’ को सुटिङ्ग सम्पन्न गरिसकेका छन्। निर्माण टीमले चलचित्र बन्ने भने मोडल नीति शाहलाई चलचित्रमा मुख्य अभिनेत्रीको रुपमा इन्ट्री गराएको थियो। सोहि चलचित्रमा सौगात मल्ल, पुष्प खड्का, राज कटुवाल लगायतको अभिनय रहने गरि सम्झौता समेत गरिएको थियो । मुकुन्द भट्टको निर्माण तथा निर्देशन रहेन गरि चलचित्रको घोषणा गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्