सुमी मोक्तानले मोरिसस पुगेर गरिन् प्रेमी विवेकसँग इङ्गेजमेन्ट


डान्सिङ विथ द स्टार्सकी विजेता तथा मोडल, कलाकार सुमी मोक्तानले मोरिसस पुगेर प्रेमी विवेक रावलसँग इङ्गेजमेन्ट गरेकी छन् । मोरिससको जे डब्ल्यु मारियट होटलको समुन्द्री किनारमा सोमवार आफ्ना कही आफन्तजनको उपस्थितमा प्रेमी विवेकसँग औँठी साटासाट गरेर सुमीले इङ्गेजमेन्ट गरेकी हुन् ।

सुमी र विवेक ३ वर्ष यता प्रेम सम्बन्धमा थिए । यो जोडीले चाँडै विवाह गर्ने तयारी गरेको बताइएको छ । काठमाडौँमा केही महिना भित्रमै भब्य विवाह समारोह आयोजना गर्ने तयारी रहेको बुझिएको छ । विवेक पेशाले व्यवसायी हुन् भने सुमी मिस तामाङकी विजेता हुन् ।

सुमीले सरौतो र झ्यानाकुटी चलचित्रमा अभिनय गरेकी छन् भने टल्क्यो जवानी,डम्फुमा सेलो लगायत गीतमा अभिनय गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्