दया र प्रकृतिको ‘बिहे पास’ बैशाख १ मा


दयाहाङ्ग राई र प्रकृति श्रेष्ठ मुख्य भूमिकामा रहेको चलचित्र ‘बिहे पास’ २०८० बैशाख १ गतेबाट रिलिज हुने पक्का भएको छ। निर्माण टिमले पोष्टर सार्वजनिक गर्दै बैशाख १ बाट चलचित्र रिलिज हुने जानकारी गराएको हो। सरस्वती पूजाको अवसर पारेर निर्माण टिमले पोष्टर सार्वजनिक गरेको हो।

रोहित कट्टेलको प्रस्तुती रहेको चलचित्रलाई प्रवेश पौडेलले निर्देशन गरेका छन्। रोजन श्रेष्ठ निर्माता रहेको चलचित्रमा रत्न श्रेष्ठ कार्यकारी निर्माताको रुपमा रहेका छन्। चलचित्रमा बुद्धि तामाङ,शिसिर बाङ्देल, रविन्द्र झा लगायतका कलाकार मुख्य भूमिकामा रहेका छन्।

दया मुख्य भूमिकामा रहेको अर्को चलचित्र ‘जारी’ ले पनी यहि मितिमा रिलिज डेट तय गरिसकेको छ। ‘नाई न भन्नु ल ६’ पनि यहि मितिमा आउने पक्का रहेको छ। यसरी हेर्दा बैशाख १ गते चलचित्रको रिलिज भिडन्त रोचक हुने पक्का रहेको छ ।

प्रतिक्रिया दिनुहोस्