राजेश र दुर्गाको ‘आँट गरेनौ भने’ मा पूजा र रोशन


राजेश पायल राई र दुर्गा खरेलको आवाजमा रहेको नयाँ गीत ‘आँट गरेनौ भने’ सार्वजनिक भएको छ। दिनेश राज पुरीको शब्द रहेको गीतमा अर्जुन पोख्रेलको संगीत रहेको छ।

कविराज गहतराजको कोरियोग्राफी र निर्देशनमा तयार भएको भिडियो निकै आकर्षक बनेको छ। सय बढि कोरस र भव्य सेटले गीतको भिडियोमा थप प्राण भरेको छ।

भिडियोमा अभिनेत्री पूजा शर्मा र मोडल रोशन केसी फिचर रहेका छन् । संजय लामाले गीतको भिडियोलाई खिचेका छन्। मनोज कार्कीले भिडियो सम्पादन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्