आसिफको ‘शुभ विवाह’ मा निश्चल र स्वस्तिमा !


जी-ट्वान्टीवान प्रोडक्सनको निर्माणमा ‘शुभ विवाह’ चलचित्र निर्माण हुने भएको छ। यो चलचित्रलाई आसिफ शाहले निर्देशन गर्ने भएका छन्। कमेडी जनरामा निर्माण हुने चलचित्रमा आसिफ र चलचित्र ‘दुई रुपैयाँ’ का कलाकार दोहोरिने बताइएको छ।

औपचारीक रुपमा चाडै निश्चल बस्नेत र स्वस्तिमा खड्कालाई चलचित्रमा अनुबन्ध गर्ने तयारीमा निर्माण टिम रहेको छ। ‘नेपाली विवाह संस्कृतिमा पाश्चात्य संस्कारले पारेको प्रभावको कथालाई उठान गरेर बन्न लागेको चलचित्र जेठदेखि छायांकन सुरु हुनेछ।

प्रतिक्रिया दिनुहोस्