A vertical shot of the black cat in the dark darkness

बर्षा शिवाकोटी: नयाँ चलचित्र छैन पुरानै को सेलिब्रेशनमा व्यस्त


अभिनेत्री बर्षा शिवाकोटीको पछिल्लो समय व्यक्तिगत र व्यवसायिक जीवन दुवै ठिक चलिरहेको छैन। बर्षाले नयाँ चलचित्र सम्झौता गरेकी छैनन् भने उनको एक चलचित्र ‘मनसंग मन’ रिलिजको तयारीमा छ। पटकपटक रिलिज मिति सरेको चलचित्रको चर्चा खासै सुनिएको छैन।

केहि समय अगाडी मात्र विवाह गरेकी शिवाकोटीको व्यक्तिगत जीवन पनि धर्मराएको चर्चा सुनिदै आएको छ । उनले यो बिषयमा आफ्नो विचार राखेकी छैनन्। विवाह पछि चलचित्र लक्का जवानको बिशेष शोमा देखिएकी बर्षा त्यसपछी मिडियामा देखिएकी छैनन्। उनै बर्षालाई मिडियाले एक सेलिब्रेसनमा भेटे।

सात बर्ष अगाडी रिलिज भएको चलचित्र ‘पशुपति प्रसाद’ को सफलताको खुशी र सिक्वेल कार्यक्रममा उनि उपस्थित रहेकी थिइन्। सेलिब्रेसनको खुशी संगै सिक्वेलमा आफ्नो भूमिका नहुदाको खिन्नता दुवै बर्षामा रहेको थियो। भस्मे डन केन्द्रिय पात्रमा रहेर चलचित्र निर्माण हुने भएकाले पनि उनको पात्र चलचित्रमा नदेखिएको हुन सक्छ।

प्रतिक्रिया दिनुहोस्