शृष्टि र अरुणको ‘प्रेमा ‘ चैत्रमा , शुभेच्छा सहितका रोमान्टिक पोष्टर


निर्देशक गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशन रहेको चलचित्र ‘प्रेमा’को फस्टलुक सार्वजनिक भएको छ । बाघठाटा फिल्म फ्याक्ट्रीको व्यानरमा निर्मित चलचित्र आगामी चैत १७ मा रिलिज हुँदैछ ।

फस्टलुकमध्ये एकमा चलचित्रका प्रमुख कलाकार अरुण क्षेत्री, शुभेक्क्षा खड्का र सृष्टि श्रेष्ठलाई स्थान दिइएको छ । पोस्टरमा अरुण र शुभेक्क्षा तथा सृष्टि र अरुणलाई रोमान्टिक भावमा देखाइएको छ । अर्को फस्टलुकमा शुभेक्क्षा, अरुण र सृष्टिलाई खुशी मुडमा देख्न सकिन्छ । तेस्रो पोस्टरमा शुभेक्क्षा र अरुण रोमान्टिक हुँदा छेउमा अरुण र सृष्टिको खुशी मुड देखाइएको छ।

निर्देशक भण्डारीले चलचित्रले त्रिकोणात्मक प्रेमकथा बोल्ने बताए । चलचित्र ‘मञ्जरी’, ‘लभ यू बाबा’, ‘हैरान’, ‘मेरो पैसा खै’, ‘गाँजाबाजा’ र ‘चिनी कम रङ कडा’ जस्ता फिल्ममा सह निर्देशकका रुपमा काम गरेका निर्देशक भण्डारीको पूर्ण निर्देशकीय डेब्यू चलचित्र रणवीर’ हो । यो चलचित्रमा उनकै लेखन समेत थियो ।
चलचित्र ‘प्रेमा’ मार्फत गोविन्दले चलचित्र निर्माणमा पनि पाइला चालेका छन् । गोविन्द सँग लेखक तथा निर्देशक विवेक घिमिरेले ‘प्रेमा’ निर्माणमा सहकार्य गरेका छन् । अमेरिकाको बोस्टन, मेसाच्युसेटमा बस्ने घिमिरे चलचित्र ‘चिनी कम रङ कडा’का निर्देशकसमेत हुन् ।
चलचित्र ‘प्रेमा’ को काठमाडौं, धनगढी र कर्णालीमा सुटिङ गरिएको छ । चलचित्रमा अरुण, शुभेक्क्षा र सृष्टिका अलावा विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सबिन बास्तोला, रोशनी स्याङबो, प्रकाश बस्नेत, महान थापा, सुरेन्द्र बसेल, भिभियाना थपलिया (काजु) को अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्