सुरक्षाको ‘ बुलाकी’ टिजर


सुरक्षा पन्त मुख्य भूमिकामा रहेको चलचित्र ‘बुलाकी’ को टिजर सार्वजनिक भएको छ । आफुलाई भिन्न चरित्रमा प्रस्तुत गर्न रुचाउने अभिनेत्री पन्तको बुलाकी पोष्टर देखि नै चर्चामा रहेको थियो ।

सोहि चलचित्रको टिजर निर्माण टिमले सार्वजनिक गरेको छ । सार्वजनिक टिजर निकै आकर्षक देखिएको छ । सुरक्षाको पात्र यो चलचित्रमा पनि निकै दमदार देखिएको छ । सन्तान जन्माउन नसक्दा समाजले महिलालाई नै देखाउने दोष र यसले पार्ने प्रभावको वरिपरी चलचित्रको टिजर घुमेको छ । चलचित्रमा सुरक्षाको साथमा नरेन खड्का, विराज बिष्ट, लक्ष्मी गिरि लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्र बैशाख १ गतेबाट रिलिज हुदैछ । लक्ष्मण सुनारले निर्देशन गरेको चलचित्रलाई टोपेन्द्र बिष्टले निर्माण गरेका छन्।

प्रतिक्रिया दिनुहोस्