‘कामिनो’ बाट कमव्याक गर्दै राजबल्लब कोइराला


अभिनेता राजबल्लब कोइरालाले जति चलचित्रमा अभिनय गरे दर्शकमा राम्रो छाप छाड्न सफल भए। बलियो उपस्थिति जनाएका कोइराला यतिबेला अमेरिकामा बस्दै आएका छन्। ‘छ एकान ६’ मा पछिल्लो पटक देखिएका कोइराला अव झन्डै दशक पछी कमव्याकको तयारीमा रहेका छन्।

उनले दिपक वलीको निर्देशनमा तयार हुने नयाँ चलचित्र ‘कामिनो’ बाट पुनरागमन गर्ने पक्का भएको छ। कोइराला स्वयंले आफ्नो सामाजिक संजालबाट यसको जानकारी दिएका छन्। कोईरलाले ब्राजिल र मेक्सिकोको भागको छायाकनमा सहभागी हुनेछन्। चलचित्रमा प्रदिप खड्का र बर्षा शिवाकोटी मुख्य भूमिकामा अनुबन्धित भैसकेका छन्।

प्रतिक्रिया दिनुहोस्