A vertical shot of the black cat in the dark darkness

चैत्र २४ मा सुरक्षाको ‘बहाव’ , पोष्टरमा देखिएको भिन्न भाव


सुरक्षा पन्त मुख्य भूमिकामा रहेको चलचित्र ‘बहाव’ को प्रदर्शन मिति सहित फस्ट लुक सार्वजनिक गरिएको छ। आगामी चैत्र २४ गतेलाई रिलिज मिति तय गरेको चलचित्रलाई प्रमोद कंडेलले निर्देशन गरेका छन्। सार्वजनिक पोष्टरमा सुरक्षा पन्तलाई पिंजडामा कैद भएको सुँगा बोकेको अवस्थामा आशा, निराशा र जिज्ञाशाको भाव सहित प्रस्तुत गरिएको छ।

स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको प्रस्तुति रहेको चलचित्रको निर्माता श्रीधर पौडेल हुन्। पौडेलले यस अगाडी ‘गोपी’ चलचित्र निर्माण गरेका थिए । चलचित्रमा सुरक्षाको साथमा कमलमणि नेपाल, अफरान अली, इश्वरी सिंह, सुर्य शर्मा भट्ट, पवन श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ। कार्तिकेय स्मिता कर्नाटकले खिचेको चलचित्रलाई सुजन बडालले सम्पादन गरेका छन्। माइक्रोबायोलोजी पढिरहेकी २२ बर्षिय युवतिको भूमिकामा देखिएकी सुरक्षाले चलचित्रले जिज्ञासाका साथ जीवन जिउँदा विभिन्न उतार-चढावबाट गुज्रिएको अवस्थामा त्यसबाट अगाडि बढ्दा आउने हलचललाई कसरी सन्तुलित रुपमा अगाडि बढाउन सकिन्छ भन्ने कथा बोल्ने बताइन्।

प्रतिक्रिया दिनुहोस्