‘कामिनो’ मा प्रदिपसंग नीतिको जोडी


मोडल नीति शाहले नयाँ चलचित्र साइन गरेकी छिन् । नीतिले साइन गरेको यो तेश्रो चलचित्र हो। उनले ‘हुतुतु’ र ‘एक्स ९’ टिमसंग केहि समय अगाडी नै सम्झौता गरिसकेकी छिन्। दुवै चलचित्रको सुटिङ्ग सुरुवात भएको छैन। यहि बीचमा उनले चलचित्र ‘कामिनो’ टिमसंग सम्झौता गरेकी छिन् । केहि चरणको छलफलपछी उनले बुधबार निर्माण टिमसंग चलचित्रमा काम गर्नका लागि सम्झौता गरेकी हुन् । यो चलचित्रमा उनको जोडी प्रदिप खड्कासंग बाधिने छ । रमाइलो प्रसंग के छ भने उनले साइन गरेका तीन वटै चलचित्रमा प्रदिप मुख्य अभिनेताको रुपमा रहेका छन्।


केहि बर्षबाट चलचित्रको अफर रिजेक्ट गर्दै आएकी नीति अन्ततः चलचित्रमा काम गर्न तयार भएकी हुन्। उनि अभिनयको कक्षा समेत लिइरहेका छिन्। प्रदिप र नीति केहि विज्ञापनमा साथ देखिएका छन्।
दिपक वलीको निर्देशनमा तयार हुने चलचित्रमा प्रदिप र नीतिको साथमा वर्षा शिवाकोटी र राजबल्लभ कोईरालाको समेत अभिनय रहनेछ। जोखिमपूर्ण तरिकाले अमेरिका प्रवेश गर्न चाहनेको संघर्षको कथामा निर्माण हुने चलचित्रको स्टारकाष्ट बलियो बन्दै गएको छ। चैत्रबाट छायाकनमा जाने चलचित्रको पटकथा संवाद महेश दवाडीले लेखेका छन्। सुनिल बिष्ट गौली कार्यकारी निर्माता रहेको चलचित्रमा सौरभ लामाको छायांकन, एसडि योगी र एलिस कार्कीको संगीत, सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहनेछ । चार भाषामा रिलिज हुने चलचित्रको लगानी तीन करोड माथीको हुने निर्माण टिमले बताएको छ।

प्रतिक्रिया दिनुहोस्