पुष्पको लागी विर्सनलायक २०७९, बक्सअफिसमा फ्लपको ह्याट्रिक


करियरका हिसाबले नायक पुष्प खड्काका लागी २०७९ बिर्सन लायक बर्ष बनेको छ। यो बर्ष उनले अभिनय गरेका तीन चलचित्र फ्लप बने। फ्लपमा ह्याट्रिक गरेसंगै उनको लागी करियरका हिसावले यो बर्ष सुखद रहन सकेन। यो बर्ष रिलिज भएको उनको पहिलो चलचित्र ‘कृष्ण लिला’ बक्स अफिसमा बिर्सनलायक रह्यो । श्रद्धा क्षेत्रीसंग जोडी बाधिएको चलचित्रबाट पुष्प र श्रद्धाको प्रेम चर्चा बाहेक अरु कुनै सम्झनालायक कुरा रहेन।

पौषमा रिलिज भएको चलचित्र ‘तिम्रो मेरो साथ’ बाट पुष्प निकै आशावादी रहेका थिए। साम्राज्ञी राज्य लक्ष्मी शाहसंग जोडी बाँधिएको चलचित्र पनि बक्स अफिसमा कमजोर ठहरियो। चलचित्र समीक्षात्मक हिसाबले पनि कमजोर रह्यो। केहि दिन अगाडी मात्र रिलिज भएको चलचित्र ‘मनसंग मन’ बक्स अफिसमा नराम्रोसंग पछारियो । बर्षा शिवाकोटीसंग जोडी बाधिएको चलचित्र पुष्पको करियरको सबैभन्दा खराब चलचित्रको रुपमा रहयो। चलचित्र मल्टिप्लेक्सको क्युएफएक्स चेनले उतारिसकेको छ।

बक्स अफिसमा फ्लपको ह्याट्रिक गरेका पुष्पले नयाँ चलचित्र साइन गरेका छैनन्। पुष्पले अब कस्तो चलचित्र साइन गर्छन् र कसरी आफ्नो करियर अगाडी बढाउछन् त्यो भने हेर्न बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्