चलचित्रमा स्वप्न सुमनसंग दिक्षिता कार्कीको जोडी


लभ स्टोरी जनराको चलचित्र निर्माणमा फर्कन लागेका दिनेश राउतले यो पटक गायक- गायिकालाई चलचित्रमा नायक- नायिकाको रुपमा प्रस्तुत गर्ने भएका छन्। युवापुस्ताका लोकप्रिय गायक स्वप्न सुमनलाई दिनेशले केहि समय अगाडी आफ्नो नयाँ चलचित्रमा अनुबन्धित गरेका थिए। स्वप्नले अभिनय क्लास लिइरहेको समेत बताइएको छ। स्वप्नको जोडीको रुपमा युट्युव सेन्सेसन दिक्षिता कार्की जोडिएकी छिन्।

युवापुस्तामा दिक्षिता निकै चर्चित रहेकी छिन्। अंग्रेजी कभर गीत गाएर उदाएकी कार्कीका केहि गित निकै हिट रहेका छन्। भ्लगर तथा संगीतकार चेतन कार्की की छोरी हुन् दिक्षिता। चेतेन र दिक्षिताका भ्लग र भिडियो केहि समय अगाडी सामजिक संजालमा निकै चर्चित थिए।

दिनेश राउतको टीम र दिक्षिता बीच कागजी सम्झौता भैसकेको छ। सम्पूर्ण छायाकन काठमान्डौमा गर्ने तयारी गरिएको चलचित्र आगामी दशैँमा रिलिज हुदैछ।

प्रतिक्रिया दिनुहोस्