प्रेमी मानव सुवेदीसंग विवाह गर्दै सुरक्षा पन्त


अभिनेत्री सुरक्षा पन्तले फागुन २५ गते विवाह गर्ने भएकी छिन्। भर्सटायल अभिनेत्रीको रुपमा आफुलाई परिचित बनाएकी पन्त प्रेमी मानव सुवेदीसंग विवाहको तयारीमा जुटेकी हुन्। केहि बर्षबाट प्रेममा रहेका सुरक्षा र मानवले केहि भिडियोमा संगै सहकार्य गरेका छन्।

चलचित्र ‘अन्तरल’ बाट डेव्यु गरेका मानव गायक, निर्देशक र नायकका रुपमा परिचित रहेका छन्। झापा घर भएका मानव र सुरक्षाको विवाह चितवनमा हुने तयारि भैरहेको छ। पारिवारिक व्यक्तिको उपस्थितिमा विवाह समारोह सम्पन्न गर्ने तयारी भैरहेको छ।

प्रतिक्रिया दिनुहोस्