‘ए साथी सुन’ मा रमेशसंग रोमान्टिक बर्षा


बर्षा शिवाकोटी मुख्य भूमिकामा रहेको चलचित्र ‘ए साथी सुन’ को रोमान्टिक गीत सार्वजनिक भएको छ। आइतबार सार्वजनिक गरिएको गीतमा अन्जु पन्त र किरण भुजेलको स्वर रहेको छ। रविना मगरको शब्द रहेको गीतमा सुरज अधिकारीको संगीत रहेको छ। गीतको भिडियोमा बर्षा शिवाकोटी र रमेश बानियाँ रोमान्टिक मुद्रामा प्रस्तुत भएका छन्।

भिडियोमा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ। चैत्र १० गतेबाट रिलिज हुने चलचित्रमा राम राघव आचार्यको लेखन तथा निर्देशन रहेको छ। लभस्टोरी, थ्रिलर तथा कमेडी जनरामा निर्माण भएको चलचित्र इभान इन्टरटेनमेन्टको प्रस्तुतिमा बीना कार्की र सन्तोषकुमार राईले निर्माण गरेका हुन्।

बर्षा र रमेशको साथमा चलचित्रमा आयन खड्का, सुशिल पोखरेल, जयनन्द लामा, रमेश अधिकारी, बिमला गिरी लगायतको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्