A vertical shot of the black cat in the dark darkness

‘भ्वईस किड्स’ को कोचमा राजु लामाको स्थानमा सुशान्त केसी


बाल गायन रियालिटी शो ‘भ्वईस किड्स’ चाडै प्रसारणको तयारीमा रहेको छ। टीम प्रमोदले पहिलो सिजनको भ्वईस किड्सको ट्रफी उचालेको थियो। लक्ष्मण पौडेलको निर्देशनमा तयार हुने यो शोमा यो पटक कोच हेरफेर हुदैछन् । पहिलो सिजनमा प्रमोद खरेल , राजु लामा, मिलन नेवार र प्रविशा अधिकारी कोचको रुपमा रहेका थिए।

यो पटक राजु लामा कोचको रुपमा नरहने निर्देशक पौडेलले पहिले नै जानकारी गराईसकेका छन्। यो पटक राजु लामाको स्थानमा गायक सुशान्त केसीको प्रवेश भएको छ। सुशान्त पछिल्लो समय युवा पुस्तामा लोकप्रिय गायकका रुपमा रहेका छन्। अव उनको कोचको यात्रा कस्तो रहने हो त्यो भने हेर्न बाँकि रहेको छ।

प्रतिक्रिया दिनुहोस्