‘दर्पणछायाँ २’ अभिनेत्री सहारा फिरोजसंग विवाह गर्दै


‘दर्पण छायाँ २’ डेव्यु अभिनेत्री सहारा कार्की विवाह बन्धनमा बाँधिने भएकी छिन्। अभिनेता तथा संचारकर्मी फिरोज तिमल्सिनासंग उनि विवाह गर्ने तयारीमा छिन्। हाल अमेरिका बस्दै आएका दुवैले असार ११ गते विवाह गर्ने तयारी गरेका छन्। केहि दिन अगाडी फिरोजले औंठी लगाउदै फिरोजले सहारालाई विवाहको प्रस्ताव गरेका थिए। सहाराले पनि विवाहको प्रस्ताव स्विकारेको खुशी भाव सहित फेसबुकमा पोष्ट गरेकी छिन्।


फिरोजको प्रस्ताव स्विकार गरेको खुशी सहित सहारा लेख्छिन्, ‘जुन व्यक्तिसँग म बुढो हुन चाहन्छु र म मेरो जीवनका बाँकी अध्याय पूरा गर्न चाहन्छु । तिमी मेरो सदाको लागि घर हौ र मेरो खुशी ।’

चलचित्र ‘दर्पण छायाँ २’ बाट फिरोज र सहारा नजिक भएका थिए। पहिलो चलचित्र असफल भएपछि उनले चलचित्र क्षेत्रमा खासै रुचि दिएकी छैनन्। फिरोज कार्यक्रम उत्पादक, उद्घोषकको साथमा नेपाल आइडलका प्रोड्युसरको रुपमा काम गरिसकेका छन्। उनले केहि गीतमा आफ्नो आवाज समेत भरेका छन्।

प्रतिक्रिया दिनुहोस्