सन्तोषको ‘छोए हुन्थ्यो’ मा बोल्ड सुर्जन र असिम


सन्तोष सुनारको आवाजमा रहेको नयाँ गीत ‘छोए हुन्थ्यो’ सार्वजनिक भएको छ । सन्तोषको नै शब्द, संगीत र कम्पोजमा गीत तयार भएको हो। सौरभ लामिछानेको निर्देशनमा तयार भएको गीतको भिडियोलाई सौरभले नै खिच्ने र सम्पादन गर्ने काम गरेका छन्। भिडियोमा सुर्जन टि जी र असिम रानाभाट फिचर रहेका छन्।

रईला प्रोडक्सनले तयार पारेको भिडियो निकै बोल्ड बनाइएको छ । सुर्जनले निर्माण गरेको भिडियोमा सागर लामिछाने कार्यकारी निर्माता रहेका छन्। प्रेम र चोटको कथा भिडियोले बोकेको छ ।

प्रतिक्रिया दिनुहोस्