पल शाह लेख्छन् ,’मनमा न कसैप्रति रिस बाँकी छ न त कुनै प्रतिशोधको भावना’


भिनेता पल शाहले एक बर्ष लामो समयपछि आफ्नो समाजिक संजाल मार्फत आफ्ना शुभचिन्तक र दर्शकलाई सम्बोधन गरेका छन् । एक बर्ष लामो हिरासत जीवन पछि सफाई पाएका पलले होलीको अवसर पारेर आफ्नो फेसबुक मार्फत आफ्ना शुभचिन्तकलाई सम्बोधन गरेका हुन्। उनले जीवनमा जे जस्ता घटना घटे त्यो सवै समयको दोष भएको उल्लेख गरेका छन् । उनले आफ्नो जीवनमा आएको यो मोडको दोषी समय मात्र भएको र कसैलाई दोष नलगाउन र गालि, गलौज नगर्न समेत आग्रह गरेका छन्। पल पक्राउ परेपछि जाहेर दिने गायिकालाई निरन्तर गाली आइरहेको छ । सोहि कुराको सम्बोधन समेत उनले गरेका छन्।


होलीको शुभकामना सहित पल लेख्छन् ,’ नमस्कार सबैजनालाई
सिकाई जीवनभर अनवरत चलिरहने प्रक्रिया हो।
बितेको एक वर्षलाई मैले सिकाईको उर्बर समयको रुपमा लिएको छु। मनमा न कसैप्रति रिस बाँकी छ न त कुनै प्रतिशोधको भावना। छ त केबल आफ्नो कर्मलाई तिखार्ने र दर्शकको अपेक्षालाई पुरा गर्ने एउटै लक्ष्य।
साथै मेरो बितेको एक बर्षको त्यो घटनासंग जोडीएका सम्पूर्ण ब्यक्तित्वहरुमा मेरो सदा सम्मान र सद्भाभ।
र यहाँ कोही कसैको दोष नभएर समयको दोष थियो त्यसैले मेरो अनुरोध, कसैलाई गाली गलौच र नराम्रो ब्यबहार नगरीदीनुहोला। उहाँहरुसंग फेरी सहकार्य गर्ने वातावरण मिलोस । त्यसैले सम्मानित अदालतको निर्णयलाई सम्मान गर्दै म फेरी पुरानै संघर्षशील दैनिकीमा फर्किएको छु। मेरो स्वागतमा परिवार, आफन्त, साथीभाइ मात्र होइन हजारौं दर्शकको भिड देख्दा म मात्तिएको छैन। बरु यो शुभेच्छाले मलाई थप जिम्मेवार बनाएको छ।त्यसैले सम्पूर्ण भगवान रुपी प्रिय शुभेच्छुकहरुलाई मनदेखि आभार प्रकट गर्दछु।
रङ्गिन र सुखमय होस जीवन!
होलीको शुभकामना सम्पुर्णमा ! ‘

पल चाडै नै काममा फर्कने तयारीमा रहेको बुझिएको छ। उनले केहि म्युजिक भिडियो गर्ने तयारी गरेका छन् । त्यो संगै उनि कुन चलचित्रको सुटिङ्ग पहिले गर्ने भन्ने बिषयमा पनि छलफलमा रहेको बुझिएको छ।

प्रतिक्रिया दिनुहोस्