आर सी रिमाल र गायिका अन्जु पन्तको भीर माहुरी बोलको गीत  रिलिज


काठमाडौँ I गायक आर सी रिमाल र गायिका अन्जु पन्तको स्वरमा भीर माहुरी बोलको गीत  रिलिज भएको छ । गीतको भिडियोमा अहिलेका निकै व्यस्त र चर्चित मोडेल रोशन के सी र नायिका प्रियङ्का कार्कीलाई देख्न सकिन्छ । यस गीतको शब्द मोहन थापाको रहेको छ भने सङ्गीत गायक आर सी रिमाल कै रहेको छ । 

उत्सव दाहालको सीनेम्याटोग्राफी रहेको यस गीतको भिडियोको कोरीयोग्राफी तथा  निर्देशन भिजन सिवाकोटीले गरेका छन् । 

NEPMELO YOUTUBE बाट  रिलिज भएको यस गीत र भिडियोलाई दर्शक श्रोताको अपार माया पाउने टिमले अपेक्षा गरेको छ ।  

प्रतिक्रिया दिनुहोस्