ज्ञानेन्द्रको निर्देशनमा रेखाको चलचित्रमा पूजा


अभिनेत्री रेखा थापा र पूजा शर्मामा एकै चलचित्रमा सहकार्य गर्ने पक्का भएको छ। केहि समय अगाडी बाट चलेको चर्चा चलचित्रको सहकार्य अव पक्का भएको छ। ज्ञानेन्द्र देउजाको निर्देशनमा निर्माण हुने अनटाइटल चलचित्र पुजाले साइन गरेकी छिन्। चलचित्र रेखा फिल्म्सको व्यानरमा निर्माण हुनेछ। कमर्सियल चलचित्रमा रेखा र पुजाको साथमा अर्की एक अभिनेत्री रहनेछिन्। नायिका आंचल शर्मा यो चलचित्रमा रहने चर्चा रहेको छ। आगामी बैशाखबाट सुटिङ्गमा जाने तयारीमा निर्माण टीम रहेको छ।

चलचित्र साइन गरेपछि पूजाले एक स्टाटस लेखेकी छिन्।

यस्तो छ पूजाको स्टाटस, ‘पर्दामा प्रिय रेखा थापा दिदीले ‘मैले त्यही भएर मन पराको’ भनेर नृत्य गर्दै गर्दा होस् या अन्यायको विरुद्धमा समाजका खलपात्रहरुसँग लड्दै गर्दा मलाई पनि उहाँ जस्तै बन्ने रहर थियो । यस्तै यस्तै सपना बोकेर फिल्म क्षेत्रमा आएकी म आज आएर आफ्नो बेष्ट नायिकासँग पर्दा शेयर गर्न पाउँदा हर्षित छु । रेखा दिदीको साथमा नयाँ फिल्ममा काम गर्दै गर्दा धेरै कुरा सिक्नेछु भन्ने लागेको छ । फिल्मका निर्देशक ज्ञानेन्द्र देउजाको निर्देशनको मात्र होइन, उहाँको व्यवहारले पनि मलाई सधै प्रभावित बनाएको थियो । प्रिय, ज्ञानेन्द्र दाइको निर्देशनमा रेखा दिदीसँग एउटै पर्दामा देखिनु मेरा लागि कही कतै सपना नै हो कि जस्तो पनि लाग्दैछ । तर, फिल्म क्षेत्रमा आएर केही फिल्म गर्दै गर्दा दर्शकले मलाई अथाहा प्रेम दिनुभएको छ । तर, यो फिल्म मेरा लागि सधै बिशेष हुनेछ । रेखा दिदी र ज्ञानेन्द्र दाइलाई काम गर्ने अवसर दिनुभएकोमा धेरै धेरै आभार व्यक्त गर्न चाहन्छु । प्रिय दर्शकसँग, अब हाम्रो भेट विशेष हुनेछ । जय नेपाली चलचित्र ।’

प्रतिक्रिया दिनुहोस्