वर्षालाई जीवनको यादले ‘हरपल’ सताएपछि


नायिका वर्षा सिवाकोटीलाई मोडल जीवन आचार्यको यादले सताएको छ । तर, यो रियल लाइफमा भने होइन ।
गायिका रानी शाक्यको स्वरमा समावेश ‘हरपल’ बोलको गीतमा वर्षा जीवनको यादमा तड्पिएकी हुन् ।

अरुण तिवारीको शब्द रहेको गीतमा बिक्रम थापाको संगीत छ । सार्वजनिक गीतको भिडियोलाई सुव्रतराज आचार्यले निर्देशन गरेका हुन् । भिडियोमा नविन निरौलाको सम्पादन, नवराज उप्रेतिको छायांकन छ ।

गायिका शाक्य अमेरिकामा रहेर पनि निरन्तर गीतसंगीतमा सक्रिय छिन् ।

प्रतिक्रिया दिनुहोस्