विष्णुको प्रेममा रहेकी एलिना अर्को बर्ष बिहेको तयारीमा


गायिका एलिना चौहानको प्रेम प्रसंग नौलो कुरा भएन। अष्ट्रेलिया पुगेर एलिनाले आफ्नो प्रेम सम्बन्ध सार्वजनिक गरेकी थिइन्। टिकटक हुदै सार्वजनिक भएको प्रेम सम्बन्धको स्विकारोक्ति एलिनाले आफ्नो सामाजिक संजाल मार्फत गरिसकेकी छिन्। बाग्लुङ्गका विष्णु सापकोटासंग उनको प्रेम चलिरहेको छ। अष्ट्रेलिया बस्ने सापकोटा संगीतमा रुचि भएका व्यक्ति हुन्। एलिना र बिष्णुको आवाजमा रहेको गीत केहि समय अगाडी सार्वजनिक भएको थियो। बिष्णुले लेखेको गीतमा पनि एलिनाले आवाज भरेकी छिन्।

नेपाली गीतसंगीतमा पछिल्लो पुस्तामा सर्वाधिक चर्चामा रहने एलिनाले आफ्नो संजालमा बिष्णुसंगको तस्विर पोष्ट गर्दै ‘तिम्रो साथले मलाई जीवित राख्छ’ क्याप्सन उल्लेख गरेकी थिइन्।
एलिनाले विष्णु र आफ्नो फोटोमा ‘तिम्रो सम्झनाले मलाई जागै राख्छ । तिम्रो सपनाले मलाई सुत्न दिंदैन । तिम्रो साथले मलाई जीवित राख्छ ।’ उल्लेख गरेकी छिन्। हार्ट इमोजी सहित पोष्ट गरिएको फोटोमा उनका शुभचिन्तकले प्रेमिल प्रतिकिया दिईरहेका छन् ।

हामी संगको कुराकानीमा उनले आफ्नो प्रेमसम्बन्धलाई स्विकार गरेकी छिन्। एलिनाले यो बिषयमा लामो प्रतिक्रिया दिन भने खोजिनन्। तर विश्वस्त श्रोतले भने २०८० मा दुवै विवाह गर्ने तयारीमा रहेको बताएको छ। रेकर्डीङ्ग र स्टेज शोजमा एलिनाको व्यस्तता रहेको छ। सबै कुरा मिलेमा २०८० को मङ्सिरमा अथवा त्यो अगावै यो जोडी वैवाहिक सम्बन्धमा बाधिन सक्नेछ।

प्रतिक्रिया दिनुहोस्