‘अब ठुलाठुला रहर छैनन, मात्रै हजुरहरुको यो माया सदैव जोगाईराख्न सकुँ ‘ – रचना रिमाल


गायिका रचना रिमालको सालिनता र बचपना धेरैले रुचाएका छन्। गायनमा पछिल्लो पुस्तामा सर्वाधिक रेकर्डीङ्ग स्टुडियोमा भेटिने गायिकामा रचना पर्छिन्। स्टेज शोमा उनको डिमान्ड उत्तिकै लोकप्रिय रहेको छ। रचना सामाजिक संजालमा भाइरल हुदै नेपाल आइडलसम्मको स्टेजमा पुगेकी गायिका हुन्। लगातार हिट गीत दिएकी रचनाको खेल प्रतिको प्रेम उस्तै लोकप्रिय रहेको छ। सोहि कारण पनि उनका शुभचिन्तक धेरै रहेका छन्।


रचनाले फागुन महिनामा २१ स्थानमा २१ दिनको सांगीतिक प्रस्तुती दिएकी थिइन्। यसको खुशी उनले सामाजिक संजाल मार्फत व्यक्त गरेकी छिन्। रचना लेख्छिन् , ‘कुनै दिन मन्चमा एउटा गीत मात्रै गाउन पाए हुन्थ्यो भनेर घर छेउछाउका कार्यक्रमहरुमा कुद्ने म आज मेरो सांगीतिक यात्राको तीन बर्षमै हजुरहरुको माया, साथ र आशिर्वादले गर्दा यो स्थान सम्म पुगेकी छु ।’

देश देखि विदेशका शोजहरुमा उनको उपस्थिति बाक्लो हुने गर्दछ। देशका हरेक क्षेत्रमा उनी प्रस्तुती दिन पुगेकी छिन्। सोहि खुशी साट्दै रचना लेख्छिन् ,’अब ठुलाठुला रहर छैनन, मात्रै हजुरहरुको यो माया सदैव जोगाईराख्न र आशिर्वाद पाईरहन सकुँ । ‘

प्रतिक्रिया दिनुहोस्