‘कामिनो ‘ वर्कसपमा प्रदिप, बर्षा र नीति, बैशाखबाट सुटिङ्ग


चलचित्र ‘कामिनो’ को टीम यत्वेला वर्कसपमा व्यस्त रहेको छ। बैशाख बाट सुटिङ्गमा जाने तयारीमा रहेको चलचित्रको एक साताबाट वर्कसप चलिरहेको छ।

सस्पेन्स थ्रिलर चलचित्रको वर्कसपमा नायक प्रदिप खड्का, नायिका बर्षा शिवाकोटी, नव- नायिका नीति शाह लगायतको टीम वर्कसपमा सहभागी रहेका छन् । वर्कसपको सहजीकरण कलाकार भोला सापकोटाले गरिरहेका छन् ।

दिपक वलीको निर्देशनमा तयार हुने चलचित्रमा महेस दवाडीको कथा र सुनिल बिष्टको लगानी रहेको छ। चलचित्र छायाँकन ब्राजिल, मेक्सिको, ल्याटिन अमेरिका र नेपालमा समेत हुनेछ ।

प्रतिक्रिया दिनुहोस्