A vertical shot of the black cat in the dark darkness

कस्तो छ दया र प्रकृतिको ‘बिहे पास’ ट्रेलर ?


बैशाख १ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘बिहे पास’ को ट्रेलर सार्वजनिक भएको छ। दयाहाङ्ग राई र प्रकृति श्रेष्ठ मुख्य भूमिकामा रहेको चलचित्रको ट्रेलरले विवाह गर्नका लागी सरकारी जागीरको लागिको दौडधुप वरिपरि घुमेको छ।

सरकारी जागीरका लागि हुने घुसखोरीको काठा पनि ट्रेलरमा समावेश गरिएको छ।

आरआर फिल्म्सको प्रस्तुतीमा निर्माण भएको चलचित्रलाई प्रवेश पौडेलले निर्देशन गरेका छन्। रोहित कट्टेल प्रस्तुतकर्ता रहेको चलचित्रमा रोजन श्रेष्ठ निर्माता र रत्न श्रेष्ठ कार्यकारी निर्माताको रुपमा रहेका छन्। चलचित्रमा दया र प्रकृतिको साथमा शिशिर वाङ्ग्देल, बुद्धि तामाङ्ग, रविन्द्र झा लगायतको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्