पिडाले भरिएको नरेन र सुरक्षाको ‘बुलाकी’ गीत


चलचित्र ‘बुलाकी’ को दोश्रो गीत ‘दुनियाँलाई सम्झाइदेउन’ रिलिज भएको छ। सविन सेञ्चुरी र बादल थापाको शब्द र संगीत रहेको गीतमा बादल थापाको स्वर रहेको छ।

गीतको भिडियोमा नरेन खड्का, सुरक्षा पन्त र विराज बिष्टको त्रिकोणात्मक प्रेमलाई प्रस्तुत गरिएको छ । कर्णाली संस्कृति, जारी प्रथा तथा परिवार र सम्बन्धमा आउने उतारचढावको वरिपरि घुमेको चलचित्रलाई लक्ष्मण सुनारले निर्देशन गरेका छन्।

टोपेन्द्र बिष्टले निर्माण गरेको चलचित्र बैशाख १ गतेबाट रिलिज हुदैछ। रमेश बुढाथोकी, लक्ष्मी गिरी, कुलदीप अधिकारी, सुशील पोखरेल, झलनाथ खत्री, धनबहादुर राई, लक्ष्मण देवकोटा, वसन्त उदास लगायतका कलाकारको अभिनय रहेको चलचित्र छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा चलचित्र निर्माण भएको हो।

प्रतिक्रिया दिनुहोस्