दुई पुस्ताको प्रेम र विछोडको कथामा ‘नाइँ न भन्नु ल ६’ ट्रेलर


विकास राज आचार्य बाल र युवापुस्ताको प्रेमलाइ चलचित्रको पर्दामा देखाउन माहिर निर्देशकको रुपमा मानिन्छन्। उनका ‘ नाइँ न भन्नु ल’ का सिरिजमा उनले त्यस्तै कथा भन्ने गरेका छन्। ‘नाइँ न भन्नु ल ६’ बैशाख १ गतेबाट रिलिज हुदैछ। रिलिज तयारीमा रहेको चलचित्रको ट्रेलर निर्माण टीमले सार्वजनिक गरेको छ।

सार्वजनिक ट्रेलरमा बाल र युवापुस्ताको प्रेम र विछोडको कथालाई प्रस्तुत गरिएको छ। नव- नायक आशिर्वाद क्षेत्रीको एक्सन लुक्सलाई पनि ट्रेलरमा समावेश गरिएको छ। अभिनेत्री आंचल शर्मा आशिर्वादको लभरगर्लको रुपमा प्रस्तुत भएकी छिन्। ट्रेलरमा बाल कलाकारको रुपमा डेव्यु गरेका अथर्व उप्रेतीलाई प्रस्तुत गरिएको छ भने अनुभव रेग्मी र योगिता खत्रीको प्रेमलाई पनि प्रस्तुत गरिएको छ।

विकास आचार्य र विष्णुमणि दाहालले निर्माण गरेको चलचित्रमा सरोज खनाल, प्रियंका कार्की, केकी अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्