A vertical shot of the black cat in the dark darkness

‘बहाब’ हेर्नुहोस् जोडी सहित थाइल्याण्ड जाने अवसर जित्नुहोस्


चलचित्र हेर्न दर्शकलाई हलसम्म तान्नको लागी निर्माण टिमले के के मात्र अस्त्र चलाउनु पर्छ भन्ने कुरा धेरैलाई मनन भएको बिषय नै हो । चलचित्रको गीत, टिजर, ट्रेलर देखि अन्तर्वार्तासम्म दौडधुप कलाकार र निर्माण टिमको हुने गर्दछ । यतिमात्र नभएर निर्माण टिमले विभिन्न प्याकेज सार्वजनिक गर्ने गर्दछ। दर्शकलाई आकर्षित गर्नका लागी विभिन्न अफर चलचित्रको निर्माण टिमले ल्याउने गर्दछ । यस्तै एक अफर चलचित्र ‘बहाब’ ले ल्याएको छ । चैत्र २४ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र हेर्ने भाग्यशाली एक जोडी दर्शकले थाइल्याण्ड घुम्ने अवसर पाउने भएका छन्।

पुरस्कार जित्नका निम्ति ‘बहाब’ चलचित्रको टिकट ‘खल्ती एप’ मार्फत काट्नुपर्ने छ । खल्ती एप प्रयोगकर्ताको एकाउन्ट के वाइ सी प्रमाणित भएको हुनुपर्ने छ । नेपालभरीबाट २५ भन्दा बढी हलको टिकट खल्ती एप मार्फत काट्न सकिने छ ।

खल्ती एपबाट टिकट काटेर चलचित्र हेर्ने एक जना भाग्यशाली व्यक्तिले एम डि होलिडेज को तर्फबाट आफ्नो जोडी सहित थाइल्यान्डको टुर प्याकेज जित्ने मौका पाउनेछन । साथै खल्ती एपबाट टिकेट काट्दा Promocode : BAHAAB प्रयोग गरेर १०% सम्म पैसा फिर्ता समेत प्राप्त गर्न सक्नेछन् । चलचित्रसंग जोडिन पाएकोमा खुशी व्यक्त गर्दै उत्कृस्ट सेवा प्रदान गर्न आफुहरु उत्सुक रहेको एम डि होलिडेजकि प्रमुख प्रतिनिधि बिनिता त्वयना ले बताएकी छिन् । यस पुरस्कार सँग जोडीएको टिकेटिङ पार्ट्नर खल्ती पनि उत्तिकै उत्सुक भएको भन्दै, ‘खल्तीले यस्ता कार्यक्रमहरुलाई बढावा दिने र खक्ती एप मार्फत चलचित्र हेर्ने प्रयोग कर्ताका लागि अहिलेसम्मकै ठुलो पुरस्कार राशी यो टुर प्याकेजमा रहेको कुरा खल्तिकी मार्केटिङ प्रतिनिधि अमृता श्रेष्ठले जानकारी दिईन्।

दुईतर्फी हवाई भाडा र तीन तारे होटलमा बसाइसहितको चार रात , पाँच दिनको टुर प्याकेज समावेश गरिएको उक्त पुरस्कार प्याकेज चलचित्र प्रमोशनको लागि निकै प्रभावकारी हुने मार्केटिङ्ग हेड सुदिप दवाडीको दाबी छ ।

बिजेता छनोट भने चलचित्र प्रदर्शन सकिएको २ हप्ता पछि खल्ती को अफिसियल पेज मार्फत लक्की ड्र गरिनेछ । सो प्याकेज प्राप्त गर्नको लागी निम्नअनुसार नियम र सर्तहरु पालना गर्नुपर्ने छ ।

नियम र शर्तहरू:

  • विजेताले घोषणा भएको २ हप्ताभित्र एमडी होलिडेज ट्राभलको डेस्क वा खल्ती एपको सपोर्ट डेस्कमा सम्पर्क गर्नुपर्नेछ ।
  • टूर प्याकेज घोषणा को मिति देखि ३ महिना भित्र सम्म मात्र मान्य हुनेछ ।
  • यो प्याकेज अरुलाई दिन योग्य हुने छैन ।
  • विशेष परिस्थितिमा विजेता यात्रा गर्न असमर्थ भएमा, उसले आफ्ना परिवारका सदस्यहरूलाई उनीहरूबीचको नाता प्रमाणित प्रमाणपत्र देखाएर प्याकेजको लागि मनोनीत गर्न सक्नेछ |
  • थाइल्याण्ड भिसाको लागि फाइनान्सियल र अन्य कागजातको जिम्मेवारी विजेताको स्वयमको हुनेछ ।
  • भिसा प्रोसेसिङको लागत प्याकेजमा समावेश गरिएको छैन र बिजेता स्वयम् ले बेहोर्नु पर्ने छ ।

प्रमोद कंडेलको लेखन तथा निर्देशन रहेको चलचित्रमा सुरक्षा पन्त र कमलमणि नेपाल मुख्य भुमिकामा रहेका छन् । श्रीधर पौडेल चलचित्रको निर्माता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्