अवसर र चुनौती बोकेको ‘ नाइँ न भन्नु ल ६’, कस्तो रहला आंचल र आशिर्वादको जोडीको चमत्कार ?


‘नाइँ न भन्नु ल’ ब्राण्ड भ्यालु अब्बल बनाउन सफल चलचित्र हो। हरेक सिरिज दर्शकमाझ सफल बनेका छन्। निर्देशक विकास राज आचार्यले भिन्न शैलीमा प्रेमलाई चलचित्र मार्फत व्यक्त गर्ने कोसिस गर्ने गर्दछन्। बाल मनोविज्ञान र प्रेम र तन्नेरी अवस्थाको प्रेमलाई एकै चलचित्रमा मिश्रण गरेर दर्शकलाई मिठो चलचित्र पस्कने यो सिरिजको बिशेषता हो। त्यो संगै गीतसंगीतमा पनि चलचित्रका सिरिज अब्बल मानिने गरिन्छ। टाइटल गीत संगै ‘ मर्ने कसैलाई रहर हुदैन’, ‘ चिया कफी’, ‘तिम्रो आँखामा आँखा’ , ‘फेरी फेरी नाइँ न भन्नु ल’ , ‘यी आँखामा’ लगायत हरेक गीत यो सिरिजले हिट सृजना गरेको छ। बाल कलाकारको रुपमा उदाएका अनुभव रेग्मी यो सिरिजका अर्का बलियो मेरुदण्डको रुपमा रहेका छन्। नव- कलाकारलाई नेपाली चलचित्र क्षेत्रमा प्रवेश गराउनु चलचित्रका सिरिजको अर्को उपलब्धि र बिशेषता हो। बर्षा राउत, बर्षा शिवाकोटी, पल शाह, आंचल शर्मा लगायत नेपाली चलचित्र क्षेत्रमा उदाएका स्टारहरु हुन्। बाल कलाकारको रुपमा सेड्रिना शर्मा, बाल गायकको रुपमा प्रेम परियारले आफ्नो बलियो उपस्थिति जनाएका थिए।

यहि चलचित्रको छैटौ सिरिज बैशाख १ गते रिलिज हुदैछ। घोषणा देखि नै चर्चामा रहेको रहेको चलचित्रमा आंचल शर्मा र आशिर्वाद क्षेत्री मुख्य भूमिकामा रहेका छन्। आशिर्वाद यहि चलचित्र मार्फत डेव्यु गर्दैछन्। उनको लुक्स र ट्रेलर, टीजरले धेरैलाई अपेक्षित बनाएको छ। नेपली चलचित्र क्षेत्रमा अर्को उदयमान कलाकारको प्रवेश भएको आंकलन गरिदै आएको छ। यो पटक केहि फरक शैली र कथामा चलचित्र निर्माण भएको बताइएको छ ।

अभिनेत्री आंचल शर्माले आफ्नो भूमिका बिशेष रहेको बताएकी छिन्। धेरै कुरा खोल्न नमिले पनि यो चलचित्रका लागी आफुले मिहेनत धेरै गरेको र आफ्नो पत्र पनि फरक रहेको आंचलले जानकारी गराएकी हुन्। चलचित्रको ट्रेलर र गीतसंगीतले अघिल्ला चलचित्रको जस्तो अपेक्षाकृत चर्चा नगरे पनि दर्शक र वर्ड अफ माउथ बलियो बन्नेमा निर्माण टीम र कलाकारको टीम रहेको छ। बाल कलाकारको रुपमा यो पटक अथर्व उप्रेतीले डेव्यु गरेका छन्। उनि निखिल उप्रेती र संचिता लुइँटेलका छोरा हुन्। अनुभव रेग्मी टिनएजर्स ब्वाईको रुपमा देखिएका छन्। केकी अधिकारी र प्रियंका कार्की पनि चलचित्रमा रहेका छन्। आशा, अवसर र चुनौती बोकेर चलचित्र रिलिजको तयारीमा रहेको छ। अन्य ३ नेपाली चलचित्र पनि हलमा रिलिज हुने तयारीमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्