A vertical shot of the black cat in the dark darkness

बर्ष २०७९ : रेकर्डमय व्यापार देखि स्टार कलाकारको असफल चलचित्रसम्म


हामी बर्ष २०७९ को अन्यमा रहेका छौ । यो बर्षलाई बिदाई गर्दै २०८० को स्वागतको तयारी जोड तोडले चलिरहेको छ । कोरोनाले थलिएका हरेक क्षेत्र यो बर्ष तंग्रिने कोसिसमा रहे । नेपाली चलचित्र क्षेत्र पनि यो बर्ष धेरै सम्भावना ढोकाहरु खोलेर अन्त्य हुदैछ । रिलिजको हिसाबले यो बर्ष कम चलचित्र रिलिज भए। ‘ए मेरो हजुर ४’ बाट रिलिज सुरुवात गरेर सुरु भएको यो बर्ष ‘बहाव’ रिलिज संगै अन्य हुदैछ । यो बर्ष ४६ वटा चलचित्र रिलिज भए । यो बर्ष प्रयोग गरिएका चलचित्र र नयाँ परिवेशका कथामा निर्माण भएका चलचित्रको वर्चश्व रह्यो । व्यापारीक हिसावले चलिरहेका ट्रेण्डका मसालेदार चलचित्र हाबी भए पनि समीक्षात्मक हिसावले अब्बल ठहरिएका चलचित्र यो बर्ष धेरै रिलिज भए ।


बर्ष २०७९ मा समीक्षात्मक हिसावले ‘ ऐना झ्यालको पुतली’ ले बाजी मार्यो । कम बजेटमा बनेको यो चलचित्रले लगानी सुरक्षित गर्न सफल भयो । स्वस्तिमा खड्काको ‘चिसो मान्छे’, शृष्टि श्रेष्ठको ‘सेक्रेट्स अफ राधा’ , खगेन्द्र लामिछानेको ‘पानीफोटो’ , अनुप बरालको ‘दोख’ , प्रदिप खड्काको ‘प्रकाश’ लगायत चलचित्र समीक्षात्मक हिसावले अब्बल रहे।

व्यापारिक हिसाबले यो बर्ष रेकर्डमय बन्यो । ‘कबड्डी ४’ ले २२ करोड माथीको ग्रस कलेक्सन गर्दै नेपाली चलचित्र क्षेत्रमा इतिहास बनायो। बर्षको पहिलो दिन रिलिज भएको ‘ए मेरो हजुर ४’ ले बाहिरी देशका ठुला व्यानरसंगको भिडन्तमा पनि आफुलाई कमजोर हुन दिएन। व्यापरिक हिसावले चलचित्र सफल बन्यो । यो बर्ष ‘झिंगेदाउ’ , ‘प्रेमगीत ३’, ‘ महापुरुष’ , ‘फुलबारी’ , ‘ दुई नम्बरी’ र ‘के घर के डेरा’ व्यापारिक हिसावले सफल रहे। ‘छक्का पन्जा ४’ यो बर्ष सर्वाधिक कमाई गर्ने दोश्रो चलचित्र बन्यो। कबड्डी ४ को रेकर्ड तोड्ने यात्रामा चलचित्र अगाडी बढिरहेको छ।
प्रेमगीत ३ लाई हिन्दि भाषामा डब गर्दै निर्माण टिमले भारतमा रिलिज गर्यो। नेपाली चलचित्र क्षेत्रको अन्तराष्ट्रिय वजार खोज्न यो चलचित्रले महत्वपूर्ण भूमिका खेल्यो ।

त्यस्तै मध्यपूर्वी देशहरु र अन्य विदेशी हलहरुमा पनी नेपाली दर्शकले नेपाली चलचित्रको स्वाद लिए । यो बर्षको सवैभन्दा दुखदायी पक्ष भनेको स्टार कलाकारका चलचित्रको असफलता हो। अनमोल केसीको ‘छड्के २’ , धिरज मगरको ‘बाबरी’, पूजा शर्माका ‘सम्झना विर्सना’ र ‘सम्हालिन्छ कहिले मन’ , आर्यन सिग्देलको ‘डिसेम्बर फल्स’ , साम्राज्ञी राज्यलक्ष्मी शाह र पुष्प खड्काको ‘तिम्रो मेरो साथ’ बक्स अफिसमा नराम्रो संग चिप्लिए।

प्रतिक्रिया दिनुहोस्