बैशाख १ मा ‘नाइँ न भन्नु ल ६’ रिलिज नहुने


बैशाख १ गतेलाई रिलिज मिति तय गरेको चलचित्र ‘नाइँ न भन्नु ल ६’ को प्रदर्शन रोकिएको छ। चलचित्र कानुनी झमेलामा परेपछि चलचित्रको सेन्सर रोकिएको छ । चलचित्र विकास बोर्डमा चलचित्र विरुद्ध परेको मुद्दाका कारण सेन्सर प्रक्रिया अगाडी नबढेपछि तोकिएको मितिमा चलचित्र रिलिज सम्भव नभएको हो।

चलचित्रका निर्माता सञ्जय न्यौपानेविरुद्ध अर्की निर्माता शर्मिला पाण्डेले उजुरी दिएकी थिइन् । सोहि उजुरीका कारण चलचित्रको सेन्सर प्रकिर्या रोकिएको हो। विकासराज आचार्यको निर्देशनमा तयार भएको चलचित्रमा आंचल शर्मा, आशिर्वाद क्षेत्री , केकी अधिकारी, प्रियंका कार्की, अनुभव रेग्मी, अर्थव उप्रेती लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्