‘बुलाकी’ बिशेष शोमा सुरक्षा र नरेनको तारिफ


चलचित्र ‘बुलाकी’ को बुधबार बिशेष शो को आयोजना गरियो। नयाँ बर्षको अवसरमा बैशाख १ गतेबाट रिलिज तयारीमा रहेको चलचित्रको प्रिमियरमा नेता, अभिनेता देखि नेपाली चलचित्रका परिचित मुहारहरुको उपस्थिति रहेको थियो। सांसद ज्ञानेन्द्र शाही , निर्देशक दिनेश डिसी, ज्ञानेन्द्र देउजा, कलाकार पुष्प खड्का, नीता ढुंगाना, हरिहर अधिकारी लगायतका अन्य आमन्त्रित अतिथि चलचित्र हेर्न पुगेका थिए ।

कर्णाली क्षेत्रमा रहेको जारी प्रथाको वरिपरि चलचित्रको कथा घुमेको छ। चलचित्र अभिनेत्री सुरक्षा पन्तको अभिनयले धेरैको मन जित्यो। उपस्थित अतिथिले पन्तको अभिनयको खुलेर प्रशंसा गरेका थिए। त्यस्तै अभिनेता नरेन खड्काले पनि अभिनयले मन जितेका छन्।

लक्ष्मण सुनारको निर्देशन रहेको चलचित्रमा विराज विष्ट, रमेश बुढाथोकी, लक्ष्मी गिरी, कुलदीप अधिकारी, सुशील पोखरेल लगायतका कलाकारको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्