A vertical shot of the black cat in the dark darkness

सकियो ‘जय हो’ को सुटिङ्ग, भदौ ८ मा रिलिज


सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्र ‘जय हो’ को छायांकन सकिएको छ । मुस्ताङस्थित मुक्तिनाथ मन्दिरमा अन्तिम दृश्य खिच्दै चलचित्रको छायांकन ३० दिनमा सकिएको निर्माण टीमले जानकारी दिएको छ। टेक पौरखी राईको निर्देशनमा तयार भएको चलचित्रको पोखरा तथा मुस्ताङमा छायांकन गरिएको छ।

शोभित बस्नेत प्रस्तुतकर्ता रहेको चलचित्र भदौ ८ गतेबाट रिलिजको तयारीमा रहेको छ। अर्पण थापा, निशा अधिकारी, केकी अधिकारी (तिवारी), सलोन बस्नेत, माओत्से गुरुङ, प्रेम पाण्डे लगायतका कलाकारको अभिनय रहेको चलचित्रमा कमेडी, एक्सन र लभस्टोरीको समिश्रण रहेको छ । सुरेश न्यौपानेको लेखन रहेको चलचित्रमा सम्राट बस्नेतको द्वन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी सौरभ लामाको छायांकन रहेको छ। चलचित्रमा राज के अधिकारी र सुरज सरकारले लगानी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्