‘गणपति’ गीतमा मुकुन भुषाल र मेनुका प्रधान


चलचित्र ‘गणपति’ को ‘गाढा भैदियो’ बोलको गीत सार्वजनिक भएको छ । अनिश अधिकारी र बेनिशा पौडेलको स्वर रहेको गीतको छोरो भर्सन सार्वजनिक भएको हो। पुरा गीत भने चलचित्र हेर्न सकिनेछ। सविन अधिकारीको निर्देशनमा तयार भएको चलचित्रको गीतमा निर्देशक अधिकारीको शब्द र संगीत रहेको छ।

गीतको भिडियोमा चलचित्रका मुख्य पात्रहरु मुकुन भुषाल र मेनुका प्रधानको दुई जीवनकाललाई देखाइएको छ। चलचित्रमा मुकुन र मेनुकाको साथमा कविता न्यौपाने, सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, टीका भक्त जिरेल, देवेन्द्र बब्लु, शुशील पोखरेल लगायतको अभिनय रहेको छ । एबिगम्यान फिल्मसको ब्यानरमा लक्ष्मण थापाले निर्माण गरेको यस चलचित्रमा हरिबहादुर घलेको छायांकन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्